बाढीले रसुवामा पारेको प्रभाव सुक्खा बन्दरगाह नुवाकोटमा सार्नुपर्ने सुझाव !

0
timure bandargha

विदुर । रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह दुईपटकको बाढीले क्षति पु¥याएपछि अब सोही स्थानमा बन्दरगाह निर्माण असम्भव देखिएको छ । निर्माण कम्पनीले जोखिम मूल्याङ्कन गर्दै परियोजना अन्यत्र स्थानान्तरण गर्न नेपाल र चीन सरकारलाई औपचारिक सिफारिस गरिसकेको छ ।
यसको फाइदा अव नुवाकोटले उठाउनुपर्छ भन्ने आवाज नुवाकोटमा उठ्न थालेको छ । नुवाकोटमा फराकिलो ठाँउ भएकाले विकल्पको रुपमा नुवाकोटमा सुख्खा बन्दरगाह निर्माण गर्नुपर्छ भन्ने आवाज बलियो हुन थालेको छ । नुवाकोट र रसुवाको सीमा क्षेत्र वेत्रावतिदेखि कोल्पुटारसम्मको क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको लागि थुप्रै ठाउँहरु भएकाले अव नुवाकोटका जनप्रतिनिधिदेखि सरोकारवाला सबै निकायले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको छ ।
कुल लागत २ अर्ब १६ करोड रुपैयाँ बराबरको यो परियोजनामा हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी क्षति भइसकेको छ भने २२ जना कामदारको ज्यान गएको छ । निर्माणधिन संरचनामध्ये प्रशासनिक भवनबाहेक सबै क्षेत्रमा क्षति पुगेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनले जोखिमका कारण अब टिमुरेमा निर्माण कार्य सम्भव नरहेको बताउँदै विकल्प खोज्न सुझाव दिएको छ । गजुरेल भन्छन्, ‘खोला किनारमा यति ठूलो संरचना बनाउनु हुँदैन भन्ने निष्कर्ष हाम्रो पनि रहेको छ ।’
निर्माण कम्पनीले टिमुरे बाहेक अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएपछि सुक्खा बन्दरगाह नुवाकोटमा सार्नुपर्ने माग बलियो बन्दै गएको छ । नुवाकोट भौगोलिक रूपमा तुलनात्मक रूपमा समथर, सुरक्षित र काठमाडौंसँग नजिक रहेको कारण यसले रणनीतिक र आर्थिक दृष्टिले उचित विकल्प प्रस्तुत गर्दछ ।
नुवाकोटका त्रिशूली, बेलकोटगढी, विदुर जस्ता क्षेत्रमा पूर्वाधार, सडक पहुँच र भौतिक सम्भावना राम्रो छ । यहाँका समथर भूभागले भण्डारण, पार्किङ, लोड–अनलोड र भन्सार कार्यका लागि पर्याप्त सम्भावना बोकेको छ । साथै, राजधानीसँगको दूरी कम भएकाले सिधा चोभार वा अन्य अन्तरदेशीय केन्द्रहरूसँग जोडिन सहज हुन्छ ।
टिमुरेमा आयोजना अघि बढाउनु पूर्व ३० वर्षको बाढी प्रक्षेपण गरिए पनि हाल आएको बाढीले त्यो अनुमान चिर्दै संरचना तहसनहस बनाइदियो । निर्माण कार्यमा संलग्न १४ चिनियाँ र ८ नेपाली कामदारको मृत्यु भइसकेको छ । २४ असारको बाढी र त्यसपछि आएका थप कटानले प्रशासनिक भवन बाहेक अन्य सबै संरचना क्षतिग्रस्त भएका छन् । चार सय मिटरको रिटेन्सन पर्खाल भत्किएको छ, सवारीसाधन पार्किङका लागि बनाइएको कंक्रिट संरचना पूर्ण रूपमा ध्वस्त छ । दुईवटा गोदाम माटो र ढुंगाले भरिएका छन् भने लोडिङ–अनलोडिङ सेडहरूमा पनि क्षति पुगेको छ ।
बुधबार पुनः आएको बाढीले टिमुरे भन्सार यार्डमा थप कटान गरेपछि यार्डको दक्षिणतर्फ रहेको सानो भवन र धर्मकाँटा समेत बगाएको छ । रसुवागढी जलविद्युत् परियोजनाको वर्कसपमा रहेका दुईवटा फोर्ड पिकअप गाडीसमेत बगाएको जनाइएको छ । भोटेकोशी नदीमा ३० वर्षको बाढीको प्रक्षेपण गरी निर्माण कार्य थालिएको भए पनि, हालको बाढी त्यो अनुमानभन्दा बढी भयावह रहेको निर्माण पक्षको निष्कर्ष छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सुक्खा बन्दरगाहसम्बन्धी समझदारी सन् २०१४ अक्टोबर १६ मा भएको थियो। निर्माणका लागि २०७६ सालमा औपचारिक सम्झौता भई निर्माण कार्य सुरु गरिएको हो । परियोजना सम्पन्न गर्ने लक्ष्य १६ फागुन २०८२ सम्मको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बाढीले रसुवामा पारेको प्रभावसुक्खा बन्दरगाह नुवाकोटमा सार्नुपर्ने सुझाव !