हराउँदै नुवाकोटका पानी घट्ट

0
pani ghatta 2

विदुर । खोल्साबाट बग्ने पानीको मधुर आवाजसँगै फनफनी घुम्थ्यो काठको मदानी । त्यो आवाजमा लय मिलाउँदै ढुंगाको झाँतो घुम्थ्यो— सुस्त स्थिर गतिमा । यो दृश्य नुवाकोटका पहाडी गाउँहरूमा देखिने एउटा जीवनशैली थियो, जुन अहिले लोप हुँदै छ । फनफनी घुम्ने काठको मदानी, रातो माटोले पोतिएकोे सानो छाप्रो, अनि नजिकै बगिरहेको खोलाको किनारमा ढुंगाको ठूलो जाँतो –पानीघट्ट) एक समयमा ग्रामीण जीवनको अनिवार्य हिस्सा रहेको पानी घट्ट अचेल आधुनिक सभ्यातासँगै लोप हुने अवस्थामा पुगेको छ । नुवाकोटका ग्रामीण भेगहरूमा दशकअगाडि जताततै देखिने यो कुटानी पिसानीको घरेलु औजार अहिले स्मृतिमा मात्र सीमित हुने बेला भएको छ ।
पानी घट्ट, एउटा यति सरल तर चमत्कारी प्रविधि, जसले पहाडी जीवनका धेरै चक्र चलाउँथ्यो— बिहानको रोटीदेखि साँझको ढिँडोसम्म । पानी मिल भनेर चिनिने धान कुट्ने मिल इतिहास नै बनिसकेको छ । मकै, कोदो, गहुँ र फापर पिस्ने यो प्रणाली न त बिजुली माग्थ्यो, न इन्धन । खोलाको पानी नै यसको इन्धन थियो, र प्रकृतिसँगको गहिरो सामिप्यता पनि । तर आज— ती खोल्सामा बग्ने पानीले अब झाँतो घुमाउँदैन । ती मदानीहरू अब जङ्गलको झाडीमा थन्किएका छन् ।
विशेषगरी जिल्लाको खोला तथा खहरे नजिकको क्षेत्रका गाउँहरूमा स्थानीय बासिन्दाले मकै, कोदो, फापर, गहुँजस्ता अन्न पिस्नका लागि पानी घट्टको प्रयोग गर्थे । खोलाको सतहबाट सानो नहर बनाएर घट्टमा पानी ल्याउने र त्यसैको दबाबले झाँतो घुमाएर अन्न पिस्ने यो घरेलु प्रविधि प्राकृतिक ऊर्जामा आधारित, सरल र वातावरणमैत्री भएपनि पछिल्लो समय आधुनिक सभ्यताको विकाससँगै ओझेलमा परेको हो ।
पछिल्ला वर्षहरूमा सडक सञ्जाल विस्तार, विद्युत पहुँच र आधुनिक मिलहरूको सहजताले गर्दा पानी घट्टको प्रयोग तीव्र रूपमा घटेको छ । धेरैजसो पानी घट्टहरू जीर्ण अवस्थामा छन् भने केही स्थानीयको संस्मरणमा मात्र बाँकी छन् ।
अभैm पनि केही विकट गाउँहरू दुप्चेश्वर, किस्पाङ, पञ्चकन्या, र बेलकोटगढी– ९, १२ ४ जस्ता स्थानमा थोरै संख्यामा पानी घट्टहरू सञ्चालनमा छन् । ती घट्टहरू विशेषगरी तामाङ समुदायले सञ्चालन गरेको पाइन्छ । पानी घट्टमा पिसेर परिकार बनाउँदा स्वादिलो हुने स्थानीयहरु बताउँछन् । ‘घट्टमा पिसेको पिठोको ढिँडो र रोटिको स्वाद बजारको मेशिनबाट कहिल्यै आउँदैन’ स्थानीय शिक्षक जीवराज कँडेल भन्छन्– ‘अव त पानी घट्ट देख्न पनि गाह्रो हुने भइसक्यो । उनका अनुसार बेलकोटगढी नगरपालिकाको वडा नं. १० तादी पुल नजिकै एउटा घट्ट जेनतेन चलिरहेको छ । हाम्रो संस्कृति र प्रविधि एकसाथ हराउँदै गएको उनको चिन्ता छ । घट्ट भनेको हाम्रो पुर्खाको ज्ञान हो, जसलाई अहिलेका पुस्ताले बिर्सिंदैछन् । संरक्षणका प्रयास नभए चाँडै यो हराउनेछ ।
सरकार वा स्थानीय तहहरूले पानी घट्टको संरक्षण गर्न सक्ने सम्भावना अभैm बाँकी छ । साना परियोजनामार्फत बाँकी घट्टहरूलाई मर्मत गरी विद्यालयस्तरमा ‘स्थानीय प्रविधि’ विषयअन्तर्गत प्रदर्शनी बनाउनु, पर्यटकलाई देखाउन ‘पारम्परिक जीवनशैली’ एउअंग बनाउनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
विकासको नाममा परम्परा मास्ने होइन, समेट्दै अघि बढ्न सक्ने हो भने पानी घट्ट जस्ता मौलिक नेपाली प्रविधिहरूलाई संरक्षण गर्न सकिन्छ । नत्र भने नुवाकोटलगायतका पहाडी जिल्ला बाट पानी घट्ट नामको शब्द पनि चाँडै संग्रहालयमै सीमित हुने खतरा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *