त्रिशूली अस्पतालः तीन जिल्लाको भरपर्दो अस्पताल
विदुर । नुवाकोटको विदुर नगरपालिकामा रहेको त्रिशूली अस्पताल नुवाकोट जिल्लाकै होइन, रसुवा र धादिङ जिल्लाका हजारौं नागरिकको लागि पनि स्वास्थ्य उपचारको भरपर्दो थलोका रूपमा विकास हुँदै आएको छ । अस्पताल स्थापनाको ६१ वर्षको यात्रामा अस्पतालले भौतिक, संरचनागत र सेवा विस्तारमा उल्लेख्य फड्को मारेको छ । पछिल्लो समय अस्पतालप्रति बिरामीको आकर्षण दिनप्रतिदिन बढ्दो छ ।
अस्पतालले ६१ औं वार्षिकोत्सव मनाउने क्रममा सार्वजनिक गरेका तथ्याङ्कले अस्पतालमा विरामीको चाप बढ्दै गएको र सेवा प्रवाहमा सुधार भएको देखाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्र अस्पतालबाट एक लाख ३७ हजार आठ सय ५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाका अनुसार सामान्य चेकजाँचदेखि सघन शल्यक्रिया सेवा सञ्चालन भइरहेका छन् । जसमध्ये हाडजोर्नी तथा परिवार नियोजनसम्बन्धी शल्यक्रियाको संख्या सबै भन्दा बढी रहेको छ । गत वर्ष एक हजार ६ सय १८ जना बिरामीले शल्यक्रिया गराएका थिए भने आठ सय ७७ महिलाले सुरक्षित रूपमा प्रसूति सेवा लिएका छन् ।
त्रिशूली अस्पतालमा हाल २४ विशेषज्ञ चिकित्सक र १५ जना मेडिकल अधिकृतसहित दुई सय ११ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । वार्षिकोत्सवको अवसरमा विमोचित स्मारिकामा उल्लेख भएअनुसार, जनशक्ति थप गरेर सेवा प्रभावकारी बनाउने प्रयास जयकउष्तब िव्यवस्थापन समितिबाट भइरहेको छ । दैनिक सरदर तीन सय ७८ जना बिरामीले चेकजाँच गराउने गरेका छन् ।
सामाजिक सेवा एकाइमार्फत आर्थिक वर्ष २०८१÷८२ मा मात्र दुई सय २७ जना आर्थिक रूपले विपन्न महिला र पुरुषले सेवा लिएका छन् । यो सेवा अन्र्तगत हालसम्म ४ हजार सात सय ९० जनाले यो सेवा प्रतप्त गरेका छन् । जेष्ठ नागरिक लक्षित जेरियाट्रिक कार्यक्रम अन्तर्गत चार सय ७८ जनाले सेवा पाएका छन् भने विदुर नगरपालिकाको देवीघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका सेवाग्राहीलाई पनि नियमित सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ ।
