तीन वर्षभित्र स्याफ्रुवेशी–रसुवागढी सडक कालोपत्रे हुन्छ: मन्त्री दाहाल

0
Minister-Dahal-Speech-Nkt-12-1536x978

विदुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षति पु–याएको रसुवागढी नाका यथाशीघ्र पुनः सञ्चालन गर्न सरकार गम्भीर रहेको बताएका छन् । उनले नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका पुनः खोल्न कूटनीतिक तहमा आवश्यक पहल भइरहेकामा जोड दिएका हुन् ।
विदुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले डेढ महिनाभित्र लेन्देखोलामा अस्थायी बेलिब्रिज निर्माण सम्पन्न हुने जानकारी दिए । उनका अनुसार चीनतर्फको प्राविधिक टोली निर्माणको तयारीमा जुटिसकेको छ । नेपाल र चीनलाई सिधा जोड्ने स्याफ्रुवेशी–रसुवागढी मार्गलाई छोटो दूरी र आर्थिक सम्भावनाको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ । त्यसैले सरकारद्वारा यो मार्गलाई विशेष प्राथमिकतामा राखेर पुनःनिर्माण प्रक्रिया अघि बढाइएको मन्त्री दाहालले उल्लेख गरे ।
रसुवागढी नाका पुनः सञ्चालनसँगै आयात–निर्यात र राजस्व संकलनमा सुधार हुने अपेक्षा गरिएको उनले बताए । यस सन्दर्भमा चीनका लागि नेपाली राजदूतसँग कुराकानी भएको र दुबै पक्ष पुनःनिर्माणको विषयमा सकारात्मक रहेको उनले बताए ।
गत असार २४ गते आएको बाढीले रसुवागढी नाका क्षेत्रलाई ठूलो क्षति पु¥याएको थियो । मन्त्री दाहालका अनुसार आगामी दशैंअघि नै बेलिब्रिजमार्फत अस्थायी आवागमन सुचारु गर्ने तयारी भइरहेको छ ।
त्यस्तै, चीनले निर्माण गर्ने स्याफ्रुवेशी–रसुवागढी सडक खण्ड तीन वर्षभित्र कालोपत्रेसहित दुई लेनमा विस्तार हुने पनि मन्त्रीको भनाइ छ । १६ किलोमिटर लामो यो सडक खण्ड पुनर्निर्माणको जिम्मा चिनियाँ पक्षले लिएको हो । त्यसैगरी, मैलुङ–स्याफ्रुवेशी खण्डको करिब २० किलोमिटर सडक निर्माणका लागि यसै महिना नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जानकारी मन्त्री दाहालले दिए ।
मंगलवार मन्त्री दाहालसहित सडक विभागका महानिर्देशक डा. विजय जैसीको टोलीले गल्छी–त्रिशूली–स्याफ्रुवेशी हुँदै रसुवागढी नाकासम्मको सडकको स्थलगत अवलोकन गरेको थियो । उनले सडक तथा पूर्वाधार पुनःनिर्माण कार्य तिव्र बनाउन सम्बद्ध निकायलाई निर्देशन पनि दिएका छन् ।
त्रिशूली नदीबाट थप क्षति हुन नदिन स्थानीय सरकार र सरोकारवाला निकायलाई तयारीमा रहन आग्रह गर्दै मन्त्री दाहालले पासाङल्हामु मार्गसहितका अन्य सडकहरूको मर्मतसमेत भइरहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तीन वर्षभित्र स्याफ्रुवेशी–रसुवागढी सडक कालोपत्रे हुन्छः मन्त्री दाहाल