करेन्ट लागेर ४ वर्षीय बालिकाको मृत्यु
बेलकोटगढी । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.१० धमलेमा करेन्ट लागेर चार वर्षिय बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विजय राना मगरकी छोरी आँचल राना मगरको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । दाङको तुलसीपुर नगरपालिका–७ स्थायी घर भई हाल स्थानीय शिव अधिकारीको घरमा रेखदेख र खेतीपातीका कामका लागि बसेको परिवारका बालिका आँचल शुक्रवार बिहान करिब साढे दश बजे घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने क्रममा प्लग छुँदा करेन्ट लागेको हो।
गम्भीर घाइते भएकी बालिकालाई तत्कालै उपचारका लागि त्रिशूली अस्पताल पु¥याइएको थियो । तर उपचारकै क्रममा दिउँसो दुई बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए । बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
