आधारभुत तहमा पुस्तकालय स्थापनाको तयारी

0
pustakalaya.com

विदुर । ‘शिक्षित बालबालिकाबाटै विश्वमा परिवर्तनको थालनी हुन्छ’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै नुवाकोटका तीनवटा गाउँपालिकाका विद्यालय पुस्तकालयलाई व्यवस्थित र प्रभावकारी बनाउने अभियान सुरु भएको छ ।
जिल्लाको किस्पाङ, दुप्चेश्वर र शिवपुरी गाउँपालिकामा रुडेक नेपाल र रुमटुरिडको संयुक्त आयोजनामा सम्पन्न भएको चारदिने पुस्तकालय व्यवस्थापन तालिमले नुवाकोटका ग्रामीण विद्यालयहरूमा शैक्षिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । किस्पाङमा १८, दुप्चेश्वरमा ४२ र शिवपुरीमा ४७ विद्यालय छन्, जसमा अब गाउँपालिकाले पुस्तकालय सञ्चालनका लागि आवश्यक खर्चको व्यवस्था गर्नेछ भने पुस्तक तथा शैक्षिक सामग्रीको व्यवस्थापन रुमटुरिडले गर्ने छ ।
तालिममा तीन पालिकाबाट २२ जना रोष्टर शिक्षकहरू सहभागी थिए । उनीहरूलाई पुस्तकालय व्यवस्थापन, पुस्तकको प्रयोग, बालबालिकामा पढ्ने बानी कसरी विकास गर्ने, र विद्यालयमा पढाईसँग जोडिने अतिरिक्त गतिविधि सञ्चालन गर्ने जस्ता विषयमा तालिम दिइएको थियो । प्रमुख प्रशिक्षक ओमकुमार श्रेष्ठले वालविकासको प्रारम्भिक चरणमै पढ्ने वातावरण निर्माण गर्न शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । तालिम पश्चात सहभागी शिक्षकहरूले आ–आफ्ना पालिकामा फर्किएर अरु शिक्षकहरूलाई पनि तालिम दिने योजना छ । किस्पाङका शिक्षक नवराज भट्ट भन्छन, ‘सिकेका सीपले अब हामी पालिकाभरिका शिक्षकलाई तालिम दिन सक्नेछौं ।’
तालिमको समापन कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले शिक्षकप्रति गहिरो आत्मीयता व्यक्त गर्दै भने, ‘म स्वयं शिक्षक भएकाले तपाईंहरूको समस्या बुझ्न सक्छु । तपाईंहरूलाई मनोबलका साथ काम गर्न सकिने वातावरण तयार पार्न हामी तयार छौं ।’
शिवपुरी गाउँपालिकाका शिक्षा शाखाका ध्रुव न्यौपानेले तालिमप्राप्त शिक्षकहरूबाट आफ्ना विद्यालयहरूलाई उदाहरणीय बनाउन आग्रह गरेका थिए ।
शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञानप्रति उच्च सन्तुष्टि व्यक्त गरेका थिए । शिवपुरीका रामहरि खड्काले तालिमले पुस्तकालय र पढाई गतिविधिको समन्वय कसरी गर्ने भन्ने कुरा बुझ्न मद्दत पुगेको बताए । दुप्चेश्वरकी शिक्षिका प्रभा खतिवडाले विद्यालयमा रहेका पुस्तकहरू थप व्यवस्थित गरेर अब प्रयोगमा ल्याउन उत्साह मिलेको धारणा राखिन् । कार्यक्रम संयोजक सन्तोष खनालले सिकेका सीपलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।
ग्रामीण शिक्षा प्रणालीमा पुस्तकालयको पहुँच विस्तार गर्दै बालबालिकाको पठनसंस्कृति विकास गर्न सुरु गरिएको यो अभियान नुवाकोटका दुर्गम विद्यालयहरूमा कोसेढुंगा सावित हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *