बेलकोटगढीमा रासायनिक मल विवाद किसान र प्रशासन आमने–सामने

0
belkot ma mal 1

विदुर । बेलकोटगढी नगरपालिका वडा नं. १० मा रासायनिक मलको विषयलाई लिएर किसान र प्रशासनबीच झण्डै चार घण्टा तनावपूर्ण स्थिति सिर्जना भएको छ । डिएपी र युरिया मल अवैध रूपमा निजी स्थानमा राखिएको भन्दै प्रशासन छानबिनमा जुटेपनि किसानहरूले आपूmहरूले रकम उठाएर मल ल्याएको भन्दै तत्काल वितरण गर्न माग गरेपछि विवाद चर्किएको हो ।
स्थानीय बलराम भट्ट र कुवेर थपलियाको संलग्नतामा धमले क्षेत्र नजिकै ८२ बोरा डिएपी मल र सुन्दरबजार नजिकै ३८ बोरा युरिया मल भण्डारण गरिएको अवस्थामा फेला परेको नुवाकोट प्रहरीले जनाएको छ । मल भेटिएपछि सूचना पाएर सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईको नेतृत्वमा प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । तर, किसानहरूले आपूmहरूले रकम उठाएर मल ल्याएको र वितरण गर्न नदिए किसान मर्कामा पर्ने भन्दै विरोध जनाएका थिए । राज्यले उपलब्ध गराउने रासायनिक मल वितरण प्रभावकारी नभएको भन्दै स्थानीयवासीले प्रहरी प्रशासनको चर्को आलोचना गरेका थिए ।
प्रहरी प्रशासनले मल बरामद गर्न नसकेपछि गोदाममै शलि गर्न खोजेको थियो, शिल लाग्दा पनि स्थानीयले अवरोध गरेपपछि लामो समय प्रहरी र स्थानीयवासी आमनेसामने भएका थिए ।
प्रशासनले सो मल सहकारी संस्था वा सरकारी अनुमतिप्राप्त निकायबाहेक अन्यले राख्न नपाउने भन्दै मल कसरी निजी व्यक्तिको गोदाममा आइपुग्यो भन्नेबारे गम्भीर छानबिन भइरहेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईले ‘मल कानुनी प्रक्रिया नपुगी निजी व्यक्तिको भण्डारणमा भेटिएकोले अनुसन्धान भइरहेको भन्ने प्रतिक्रिया दिएका छन् ।
घटनास्थलमा पुगेको प्रारम्भिक टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रशासन कार्यालयले सदरमुकामबाट थप प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा परिचालन गरेको थियो । तर थप फोर्स आउँदा पनि भेला भएका किसानहरुहरुले मल तत्कालै किसानले पाउनुपर्ने माग राखे । उनीहरूले ‘या त राज्यले प्रयाप्त मल दिनुप¥यो, होइन भने आफूहरुले रकम संकलन गरेर ल्याएको मल प्रशासनले जफत गर्न नमिल्ने अडान राखेका थिए । स्थानीयहरुले अडान मात्र होइन, प्रहरीकै अघि प्रहरीले अवैध भनेर जफत गर्न लागेको मल बोकेर हिँडे । मल बोकेर किसानको लाइन अघि बढेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको नुवाकोट प्रहरी र सशस्त्र प्रहरीको फौज पनि विदुरतर्फ लागेको थियो ।
प्रारम्भिक रूपमा मल वितरण प्रक्रिया र स्रोत खुलाउने दायित्व मल ल्याउने पक्षले पुरा गर्नुपर्ने र यदि मल अवैध पाइएमा कानुनी कारवाही हुने चेतावनी प्रशासनले दिएको थियो । स्थानीयले मल आवश्यक नभएको ठाउँबाट खरिद गरेर लेराएको बताएका थिए । यस घटनाले हाल नुवाकोटमा मलको अभाव र वितरण प्रणालीमा देखिएको असमानतालाई उजागर गरेको छ । स्थानीय किसानले सरकारी वितरण प्रणालीको असक्षमता भन्दै विकल्प खोज्नुपरेको गुनासो गरेका छन् भने प्रशासनले नियमनको आवश्यकतामा जोड दिएको छ ।
जिल्लाका कपितय पालिकामा अहिले पनि मलको अभाव रहेको छैन । ती पालिकामा आवश्यक नभएको मल आवश्यक पर्ने किसान र सहकारीले खरिद गरेर लेराउने गरेका छन् । तर, जिल्ला प्रशासनदेखि जिल्ला कृषि विकास कार्यालय हुँदै बागमति प्रदेश सरकारसम्मले कुन पालिकामा कति परिणाममा मल खेती योग्य जमीनको आधारमा मल वितरण प्रणाली व्यवस्थित नगर्दा यस्ता समस्या दोहोरिरहने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बेलकोटगढीमा रासायनिक मल विवाद

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.