एनआरएनए यूकेको अध्यक्षमा पुडासैनी
विदुर । बेलकोटगढी नगरपालिका–८ का राजेन्द्र पुडासैनी गैरआवासीय नेपाली संघ (एनआरएनए) युनाइटेड किंगडमको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन् ।
एनआरएनए यूकेमा देखिएको आन्तरिक विभाजन अन्त्य गर्दै संस्थालाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने अठोटसहित चुनावी प्रतिस्पर्धामा होमिएका पुडासैनीले आफ्नो विजयीलाई एकताको सन्देशको रूपमा प्रस्तुत गरेका छन् ।
करिब २५ वर्षअघि अध्ययनको सिलसिलामा बेलायत पुगेका पुडासैनीले त्यहाँको प्रतिष्ठित विश्वविद्यालयबाट एमबीए र बीएस्सी अनर्स उपाधि हासिल गरेका छन् । हाल उनी बेलायतको स्वास्थ्य सेवा क्षेत्रमा १५ वर्षदेखि संलग्न छन् ।
राजनीतिक पृष्ठभूमिमा हुर्किएका उनी गैरआवासीय नेपाली समुदायमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।
