काठमाडौंमा पुग्दै बेलकोटगढी २ र ३ को सेवा
बेलकोटगढी । काठमाडौंमा बसोबास गर्दै आएका बेलकोटगढी नगरपालिका–२ र ३ का स्थायी बासिन्दालाई लक्षित गरी नगरपालिकाको सेवा काठमाडौंसम्म विस्तार गरिएको छ ।
विशेषगरी सामाजिक सुरक्षा भत्ताको लागि परिचयपत्र नविकरणको लागि वायोमेट्रिक गर्नुपर्ने भएपछि काठमाडौंमा बसोवास गर्ने ज्येष्ठ नागरिक, असाहयहरुका लागि नगरपालिकाको वडा नं. २ र ३ गते काठमाडौंमा सेवा विस्तार शिविर सञ्चालन गर्न लागेका हुन् । शिविरमार्फत व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणका सेवाहरू प्रदान गरिनेछ ।
वडा नं. २ वासीका लागि वाइसधारामा साउन २६ गते बिहान ७ बजेदेखि सेवा उपलब्ध गराइनेछ । त्यस्तै, वडा नं. ३ कै अनुपम पाटी प्यालेस, गुम्बा नजिकै भदौ ६ गतेदेखि अर्को चरणको शिविर सञ्चालन गरिने छ ।
वडा नं. २ का अध्यक्ष रामचन्द्र तिमिल्सिनाका वडाका ज्येष्ठ तथा असाहय नागरिक काठमाडौंमै रहेकाले गाउँमा आउन नपाई आवश्यक कागजात अद्यावधिक गर्न समस्या भएपछि नविकरण सेवा नै काठमाडौंमा पु¥याइएको बताए । वडा नं. ३ का स्थानीयवासीहरूले पनि यस कदमलाई स्वागत गरेका छन् ।
