माओवादी कार्यकर्तालाई विशेष प्रशिक्षण

0
mawo

विदुर । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र नुवाकोटले कार्यकर्ताहरूलाई संगठित र सचेत बनाउन दुई दिने विशेष प्रशिक्षण सम्पन्न गरेको छ । विदुरमा आयोजित कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका अगुवा कार्यकर्ता सहभागी भएका थिए ।
प्रशिक्षणमा कार्यक्रममा स्थानीय तहबाट दश÷दश जना जनप्रतिनिधि तथा संगठनका जिम्मेवार सदस्यहरुको सहभागिता रहेको थियो । उनीहरूलाई राजनीतिक दर्शनदेखि संगठन सुदृढीकरणसम्मका १२ विषयमा तालिम दिइएको माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने ‘अरुण’ले जानकारी दिए ।
प्रशिक्षणका विषयहरूमा संघीयता र समावेशिता, पर्यावरण संरक्षण, सामाजिक सञ्जालको प्रयोग, प्रभावकारी चुनाव परिचालन, प्रशिक्षण विधि र प्रस्तुति कला, संगठन संचालनका तरिका, नेतृत्व विकास, वैज्ञानिक समाजवाद, पार्टीको कार्यदिशा, साथै विश्व र नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास लगायत समावेश थिए ।
तालिममा वाग्मती प्रदेश इन्चार्ज हितमान शाक्यसहित केन्द्रीयस्तरका आधा दर्जन नेताहरू प्रशिक्षकका रूपमा सहभागी भएका थिए । लामिछानेका अनुसार, माओवादी केन्द्रले समय–समयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको र यसबाट कार्यकर्तालाई वर्तमान राजनीतिक अवस्थाको बारेमा ज्ञान दिनु र संगठनको क्षमतामा वृद्घि गर्नु रहेको उनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *